लोड हुँदैछ...

मेनु

फागुन २१ को निर्वाचनका लागि ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

फागुन २१ को निर्वाचनका लागि ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

विराटनगर । फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा झन्डै साढे ८ लाखले आफ्नो नाम दर्ता गराएका हुन्।

थपिएका मतदातामध्ये ४ लाख ७३ हजार ३४५ पुरुष, ३ लाख ६३ हजार ७७८ महिला र ६१ अन्य छन्। आयोगको नियमित प्रकृयाबाट ३ लाख ४४ हजार ९१४ मतदाता थपिएका छन् भने राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणमार्फत ४ लाख ९२ हजार १८० जना नयाँ मतदाता सूचीकृत भएका छन्।

यसअघि १६ कात्तिकसम्म देशभरका कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको थियो । आयोगका अनुसार देशभरका जम्मा मतदाता संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।