विराटनगर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकताको लागि पहल गर्ने भएको छ ।
जसपाको बैठकले पार्टी एकताको निर्णय गरेको हो । एकता गर्नुअघि दुवै पार्टीबीच अन्तिम वार्ता गर्ने तय भएको पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिउका छन् ।
‘हामीले नेकपासँग एकता गर्ने भयौँ । तर, त्यसअघि दुई पार्टीबीच छलफल हुन्छ’ बस्नेतले भने । छलफलमा सहमति भएपछि एकताको घोषणा उनको जानकारी दिएका छन् ।
मंगलबार बसेको जसपाको कार्यकारणी बैठकमा सर्वसम्मतिले एकतामा जाने निर्णय गरेको हो । यसअघि नेकपा माओवादी केन्द्रको नेतृत्वमा १० दलबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेसँगै सो पार्टीका नेताहरुले पार्टी एकतामा आउन जसपालाई आग्रह गर्दै आएका थिए ।
एकताको लागि जसपाले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ । वार्ता टोली र नेकपाका वर्षमान पुनसहितका नेताहरुबीच एकचरण छलफल भइसकेको छ ।
जसपाका उपमहासचिव प्रदीप यादव नेकपाको एजेन्डा, मुद्दा, र डकुमेन्टहरूको विषयमा छलफलपछि नयाँ प्रक्रिया सुरु हुने बताएका छन् ।

