बुद्ध एयरको विमानमा चरा ठोक्किपछि…

बुद्ध एयरको विमानमा चरा ठोक्किपछि…

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एन–एएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको हो ।

टेकअफको क्रममा चरा ठोक्किएपछि जहाज विमानस्थलमै रोकिएको थियो । चरा ठोक्किएपछि सुरक्षा प्रोटोकल अनुसार इन्जिनियरहरूले विमान चेकजाँच गरेपछि मात्र उडान अनुमति दिने गरिन्छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार चेकजाँच गरेपछि नागरिक उड्डयन प्राधिकरणबाट उडान सहमति प्राप्त भएको छ ।