लोड हुँदैछ...

मेनु

प्रदेश प्रमुख खापुङ्गसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङ्गसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

मोरङ । निर्वाचन आयोगले आफ्नो १९औं वार्षिक प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष पेस गरेको छ।

बुधबार आयोगका कोशी प्रदेश कार्यालय प्रमुख युवराज गुरागाईंले नेपालको संविधानको धारा २९४(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ्गलाई विराटनगरस्थित कार्यालयमा हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङ्गले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको काँधमा अत्यन्त महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे।

उनले भने, “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। जनताले सर्वभौम सत्ता र राजकीय अधिकार मतदानमार्फत प्रयोग गर्न पाउँछन्। त्यसैले सबै मतदाताले आफ्नो नामावली दर्ता गरेर जिम्मेवार नागरिकका रूपमा निर्वाचनमा सहभागी हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।