लोड हुँदैछ...

मेनु

अत्यधिक मदिरा सेवनबाट मृत्यु

अत्यधिक मदिरा सेवनबाट मृत्यु

विर्तामोड । झापाको दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय बिनोद चौलागाईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंसिर २५ गते दिउँसो करिब ३ बजे चौलागाई अत्यधिक मदिरा सेवन गरी दमक–६ स्थित बोका हाउस अगाडि लडिरहेको अवस्थामा स्थानीयवासीहरूले फेला पारेका थिए।

भाइ योगेन्द्र चौलागाईले उनलाई घर लगेका थिए। बुधबार बिहान स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पतालमा पु९याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मृतकको शव कानूनी प्रक्रिया पूरा गरी दिउँसो पोष्टमार्टमका लागि दमक अस्पतालमै पठाइएको र पोष्टमार्टमपछि शव भाइ योगेन्द्र चौलागाईले बुझिलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।