लोड हुँदैछ...

मेनु

७ बुँदे सहमति गर्दै भीम रावल नेतृत्वको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित

७ बुँदे सहमति गर्दै भीम रावल नेतृत्वको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित

विराटनगर । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । बुधबार दिउँसो ७ बुँदे सहमति गर्दै समाहित भएको हो ।

सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपाल र अभियानका भीम रावलले हस्ताक्षर गरेका छन् ।

के छ सहमति​मा ?

(१) नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्म निर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा। भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरू आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।