इलाम । भारत सरकारले इलाम अस्पतालको आपतकालीन सेवा विस्तारका लागि इमर्जेन्सी ब्लक निर्माण र अत्यावश्यक उपकरण खरिदमा १९ करोड ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।
इलाम नगरपालिकाले भारतीय राजदूतावासमा अस्पतालको आपतकालीन सेवा सुधार र भवन तथा उपकरण व्यवस्थापनका लागि प्रस्ताव पेश गरेपछि सो रकम स्वीकृत भएको हो ।
सहयोगको पहिलो चरणमा उक्त रकम इलाम पठाउने प्रक्रिया अघि बढाइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा र नेपालस्थित भारतीय दूतावासका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
नगर प्रमुख थापाले सहयोग प्राप्त भएपछि छिटो टेन्डर प्रक्रिया सुरु गरी निर्माण कार्य समयमा सम्पन्न गरिने बताएका छन् । नयाँ इमर्जेन्सी ब्लकले इलाम अस्पतालमा बिरामीको उपचार सहज बनाउनेछ । त्यसबाट इलामसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
भारत सरकारले विगतमा पनि नेपालका विभिन्न जिल्लामा अस्पताल, विद्यालय र सडक पूर्वाधारमा सहयोग गर्दै आएको छ । इलाम अस्पतालका लागि आएको यो सहयोगले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा ठूलो टेवा पुग्ने स्थानीयहरूले बताएका छन्।
(




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।