विराटनगर । नेकपा (एमाले) ले आज ७५३ वटै पालिकामा जनसभा गर्ने भएको छ ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापानाका लागि भन्दै एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ । एमालेले आज पालिका तहमा प्रदर्शन केन्द्रित गरेको हो। प्रदर्शन बिहान ७ बजेदेखि नै सुरू भएको र यो क्रम साँझ पाँच बजेसम्म रहने एमालेले जानकारी दिएको छ।
पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए।
एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो। अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ। काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।