लोड हुँदैछ...

मेनु

भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुने

भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको अगुवाईमा १० बाम दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलसहितको छलफलबाट एक साताभित्रै एकता गर्ने सहमति भएको हो ।

प्रचण्ड निवासमा भएको छलफलमा रावललाई छिट्टै नेकपामा आउन आग्रह गरिएकोमा रावलले आफू सकारात्मक रहेको भन्दै साथीहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जवाफ दिएका थिए । उनीहरुबीच एक साताभित्रै मातृभूमि जागरण अभियानलाई पनि नेकपामा समाहित गर्ने सहमति जुटेको स्रोतले जनाएको छ ।

रावल नेकपा एमालेका पूर्व उपाध्यक्ष हुन् । एमालेको सौरहा महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा चुनाब लडेर पराजित भएका उनलाई एमालेले निश्काशन गरेको थियो । आइतबारको छलफलमा प्रचण्ड, नेपाल, रावलसहित भानुभक्त जोशी, शेरबहादुर कुवर, प्रकाश ज्वालासहितका सुदूरपश्चिम र कर्णालीका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।