विराटनगर । । नेकपा (एमाले)का नेता महेश बस्नेत र हामी नेपालका संयोजक सुधन गुरुङबीच सवालजवाफ चलेको छ । शनिबार बेलुका सामाजिक सञ्जालमा उनीहरूबीच सवालजवाफ भएको हो ।
बस्नेतले शनिबारै बसेको राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठकबाट गुरुङको नागरिकताका विषयमा सरकारले एक हप्ताभित्र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिएको उल्लेख गरे ।
‘यदि सरकारले समयमै स्पष्टता नल्यायो भने युवासंघले आफैँ छानबिन गरेर कानुनी प्रक्रिया अघि बढाउने निर्णय देशप्रेमको उदाहरण हो,’ बस्नेतले फेसबुकमा लेखेका छन् ।
उनले ‘जेनजी’ आन्दोलनका नाममा गरिएको हिंसा र ध्वंसमा जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने संघको माग सही र आवश्यक कदम भएको पनि जनाए ।
गुरुङले जवाफ फर्काएका छन् । उनले ‘थ्यांक यु माई डिएर महेश ब्रो’ लेखेका छन्। त्यसपछि उनले आफ्नो १० पुस्ते निस्केपछि नागरिकता बस्नेतको निधारमा टालिदिने प्रतिक्रिया दिए ।
जेनजी आन्दोलनपश्चात् सामाजिक सञ्जालमा एमाले र गुरुङबीच तिक्तता देखिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।