लोड हुँदैछ...

मेनु

प्रचण्ड र माधव नेपालले एकता अधिवेशनपछि नेतृत्व छोड्ने !

प्रचण्ड र माधव नेपालले एकता अधिवेशनपछि नेतृत्व छोड्ने !

विराटनगर । नेकपा एकता अधिवेशनपछि पार्टीका वरिष्ठ नेता प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व छोड्ने घोषणा गरेका छन्। दुवै नेताले ऐतिहासिक एकता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपश्चात पार्टी नेतृत्वमा अब नयाँ पुस्तालाई जिम्मेवारी दिने प्रतिबद्धता जनाएको पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बताएका हुन् ।

अनलाइनखबरलाई दिएको अन्तरवार्तामा नेता नेपालले भावि नेतृत्वको विषयमा भएको सहमति सार्वजनिक गरेका हुन्।

अधिवेशनमा एकता प्रक्रिया, संगठनात्मक संरचना र पार्टीको भविष्यका रणनीतिहरूमा चर्चा हुने क्रममा दुवै नेताले लामो समय नेतृत्वमा रहेका कारण पार्टीभित्र नयाँ नेतृत्व विकासमा बाधा पुगेको महसुस गरी प्रचण्ड र आफूले नयाँ नेतृत्वका लागि मार्ग प्रसस्त गर्ने र मार्गदर्शनको भूमिका लिने विषयमा सहमति गरेको नेता नेपालले बताए ।

माधवकुमार नेपालले पनि पार्टी एकताको लागि आफूहरूको योगदान पर्याप्त भएको र अब संगठनभित्र नेतृत्व परिवर्तन आवश्यक रहेकोले नेतृत्व हस्तान्तरणले पार्टीलाई लोकतान्त्रिक र समावेशी दिशा दिने धारण व्यक्त गरेका छन् । उनले यो सहमतिले पार्टीमा नयाँ ऊर्जा र सक्रिय नेतृत्व विकास हुने विश्वास व्यक्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ मा चुनाव भएपछि पार्टीको एकता महाधिवेशन गर्ने र युवा पुस्तालाई नेतृत्वमा ल्याउने, पार्टीले नेतृत्वमा रहने अवधि, कति पटक मन्त्री बन्न पाइने, कति पटक एउटा पदमा निर्वाचन लड्न पाइने भन्ने सीमा तोक्ने विषयमा पनि नेताहरुका बिचमा सहमति बनेको अन्तरवार्ताका क्रममा नेता नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।