विराटनगर । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि १ लाख ३६ हजार ६० मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सरकारले अध्यादेश ल्याएर निवाचन कानुन संशोधन गर्दै मतदाता नामावली संकलनको समय थप गरेपछि उक्त मतदाता थपिएका हुन् ।
यसअघि निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन बन्द हुने गरेको थियो । निर्वाचन सम्बन्धि ऐनमा रहेको सो व्यवस्था अध्यादेशबाट संशोधन गर्दै सरकारले आगामी निर्वाचनको लागि कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्न सकिने समय तोकेको छ ।
त्यस अनुसार बिहीबार मात्र ११ हजार १९७ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । जसमा ६ हजार ४६१ पुरूष र ४ हजार ७३४ जना महिला थिए भने २ जना अन्य छन् ।

