काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा सामेल भएका छन् ।
यसअघि एकता प्रक्रिया अस्वीकार गर्दै पार्टी पुनर्गठन गर्ने बताउँदै आएका खनाल बुधबार
काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको १० कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा पुगेका हुन् ।
एकीकृत समाजवादीको बैठकमा माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका खनालले एमालेसँग एकता हुनसक्ने बताएका थिए । उनले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
बुधबार विहान माओवादी संयोजक प्रचण्डसँगको भेटपछि नयाँ दल दर्ता गर्ने बताएका खनाल अन्ततः एकतामै सहभागी भएका हुन् ।

