काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार फैसला कार्यान्वयनका लागि प्रहरीले अदालत उपस्थित गराएको थियो ।
अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । शेर्पालाई धुम्बाराहीबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।
बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको भएपनि एमाले अध्यक्ष ओलीका निकट शेर्पा लामो समयदेखि पक्राउ परेका थिएनन् । उनलाई पार्टीले निलम्बन गर्नुपर्ने आवाज गत शनिबारको एमाले सचिवालय बैठकमा उठेको थियो । तर, ओलीले सामान्य मुद्दा भन्दै अस्वीकार गरेकाक थिए ।

