काठमाडौं । वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता हुँदैछ ।
हिजो बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका खनालले आज बिहान प्रचण्डसँग भेट्न लागेका हुन् ।
भेटमा वाम एकताको कुरा गर्ने खनालले बताए । ‘वाम दलहरु एकताबद्ध हुनैपर्छ । त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु,’ खनालले भने ।
एकताका लागि खनालले चार सर्त अघि सारेका छन्–पहिलो, मार्क्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । यो जबज आदि लगायतका विषयमा रहने कुरा हुँदैन ।
दोस्रो, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं । हामी समाजवादी क्रान्ति अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ । समाजवादी क्रान्तिको अवधि हो । हामी समाजवादी क्रान्ति अघि बढाउनुपर्छ भन्ने मान्नुपर्छ ।
तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने मान्नुपर्यो ।
चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त आदिमा एकरुपता हुनुपर्यो ।
यी चार सर्त जसले मान्छे उसैसँग पार्टी एकता गर्ने खनालले बताए । त्यसका लागि विभिन्न नेताहरुसँग भेट जारी राखेको खनालले बताए ।
एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहितको समूहले माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको छ । हाल झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्रीसहितका नेताहरु भने एकताको निर्णयमा विमती राख्दै आएका छन् । रामकुमारी झाँक्री सहितको टोलीले आज पत्रकार सम्मेलन गर्दैछ । उक्त समूह नेकपा एमालेमा जाने तयारीमा छ ।



























1 प्रतिक्रिया
1 प्रतिक्रिया
क झलनाथ जि को पार्टी चै कुन हो???
पार्टि एकता भन्नु हुन्छ! पछिल्लो अस्था हेर्दा उहा संग २/४ मान्छे मात्र देखिन्छ यसलाइ पार्टिको नाम दिन मिल्छ ???अहिले बृहत बाम एकताको समय हो,छ, संस्थागत निर्णयलाइ मानेर एकताको पक्षमा उभिन उत्तम समय हो,इतिहास निर्माण गर्ने समयमा नेतृत्वको कुरा काट्ने सस्थागत निर्णय नमान्ने,जथाभावि बोल्ने र नेतृत्वको तेजो बध गर्नेहरु सहायक बन्न सक्दैनन्।इतिहासले बाम गद्वार करार गर्ने छ।
प्रतिक्रियाहरू बन्द छन्।