पाँचथर । पाँचथरको फिदिममा हर्क साम्पाङले जनसभा गरेका छन् । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा आयोजित उनको जनसभा हेर्न सयौं सर्वसाधरण आएका थिए ।

भर्खरै श्रम संकृति पार्टी दर्ता गराएका साम्पाङलाई हेर्न उल्लेख्य सर्वसाधरण भेला भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम संस्कृतिको व्यापकताबाट मात्रै देशमा समृद्वी सम्भव हुने बताए ।

भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततासँगै पुराना दलको कार्य शैलीका कारण देशमा भनेजस्तो विकास हुन नसकेको भन्दै उनले आफ्नो श्रम संस्कृतिले पछिल्लो समय व्यापकता पाएको दाबी गरे ।

‘देशमा फुर्सदिला मानिसको संख्या धेरै छ, त्यसैले यहाँ विभेद छ,अन्याय छ,अत्याचार छ अनि भ्रष्टाचार पनि छ म नेतृत्वको संघठनले यी सवै बिकृतीको समुल नष्ट गर्ने अभियान थालेको छ,’ उनले भने, ‘म सबैलाई यो अभियानमा जोडिन आह्वान गर्छु ।’

आफ्नो संगठनमा जोडिने जो कोहि श्रमदानमा जोडिएको हुनपर्ने र सबैभन्दा धेरै श्रम गर्नेले ठूलो जिम्मेवारी पाउने उनको उद्घोष थियो ।