विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेपछि संस्थापन पक्षले काउन्टर दिएको छ । सहमहामन्त्री महेन्द्र यादवले काउन्टर दिएका हुन् ।

यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् ।

यादवले चैत १२ गते सबै प्रदेश सभा, चैत २० गते संघीय निर्वाचन क्षेत्रीय, चैत ३० गते सबै जिल्ला अधिवेशन सिध्याउने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् ।

२०८३ साल वैशाख १५ गते सातवटै प्रदेशको अधिवेशन गरिसक्ने र वैशाख २७, २८, २९, ३० गते १५ औं केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

निर्वाचनअघि महाधिवेशन नगर्ने पक्षमा संस्थापन पक्ष रहेको छ भने थापाले केन्द्रीय समितिमा निर्वाचनअघि नै महाधिवेशन प्रस्ताव गरेका हुन् ।