काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
आज बसेको पार्टीको महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्डको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।
श्रेष्ठले पेश गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले सर्वसम्मत रुपमा ताली बजाएर पारित गरेका हुन् । त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका निम्ति भएको बताए ।
नेकपा एससहित ९ दलको एकताले वैचारिक रूपान्तरण र कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा सावित हुने श्रेष्ठको भनाइ छ । सकारात्मक दिशातर्फ अघि बढेका वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर लैजाने उनले बताए ।
जेनजी आन्दोलनलाई आत्मसाथ गरेर पार्टी पुनर्गठनको अभियानमा अघि बढेको श्रेष्ठले बताए । माओवादी र एकीकृत समाजवादीसहित ९ दलको पार्टी एकता बुधबार हुँदैछ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।