विराटनगर । माओवादी केन्द्रसहित ८ दलले पार्टी एकता गर्ने गरी १८ बुँदे सहमति गरेका छन्। उक्त सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यका लागि एकता गर्ने उल्लेख छ । आगामी १९ गते एकता घोषणा गर्ने र मार्क्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त बनाउने सहमति भएको छ।आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।
यही आवश्यकतालाई ध्यानमा राखेर नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।