विराटनगर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ ।
बुधबार सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका हुन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ । बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने जानकारी दिएका छन् ।
तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।


 
						 
															 
															 
															 
															 
															 
															