प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ सुरु हुँदै

विराटनगर । जेनजी आन्दोलनलाई व्यवस्थापन गर्न दलहरुसमेतको सहमतिमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गर्दै दायर भएको रिटमा आजबाट सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट निवेदनमा परेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले सबै रिट निवेदनमा एकमुष्ट सुनुवाइ गर्ने तयारी गरेको छ ।

कार्तिक १२, २०८२, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर