विराटनगर । शुशिला कार्की नेतृत्वको सरकारमा मन्त्रीको शपथ लिने तयारीमा रहेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ रोकिएका छन् ।

श्रममन्त्री बनाउन लागिएका खगेन्द्र सुनार फरार प्रतिवादी रहेको र अदालतमा मुद्दा चलिरहेको खुलेपछि उनको सपथ रोकिएको हो ।

सुनारलाई श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो । सुनारको विवादित पृष्ठभूमिबारे सार्वजनिक भएपछि शपथ लिने तयारी भएकै बेला प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पुर्‍याएको नाम फिर्ता गरेको हो ।

सुनारसँगै श्रेष्ठको नाम पनि फिर्ता गरिएको छ । श्रेष्ठलाई मन्त्री पदमा तत्काल शपथ नगराउनुको कारण भने ‘पोर्टफोलियो’ भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर, प्रधानमन्त्री कार्कीले उनलाइ भूमी मन्त्रीमा सिफारिस गरेपछि उनले असन्तुष्टि जनाएपछि उनको पनि सपथ रोकिएको हो ।

सुनारमाथि विभिन्न जिल्लामा दर्जनौँ मुद्दाहरू छन् । उनी फौजदारी कसुरमा अरोपित व्यक्ति हुन् । सामाजिक सञ्चालमा समेत उनी मन्त्री बन्न लागेको प्रति तीव्र आक्रोश देखिन्छ ।

अहिले राष्ट्रपति कार्यालयमा सपथ भइरहेको छ । बब्लु गुप्ता र सुधा शर्मा गौतमको शपथ भएको हो । गौतमलाई स्वास्थ्य तथा जनसख्या र गुप्तालाई खेलकूद मन्त्रीको रुपमा सफथ गराइएको हो ।