विराटनगर । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ ।

जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुनारबाहेक २ जनालाई मात्रै आइतबार शपथ ग्रहण गराउने तयारी भइरहेको छ

आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।

उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएकोकारण भने खुलेृको छैन् ।

डा। सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।