जिल्ला प्रहरी प्रमुखलाई डिआइजी कार्कीको चाड पर्व लक्षित निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्व लक्षित निर्देशन दिएका छन् ।

उनले दिपावली, छट, उधौलीलगायतका पर्वको शुभकामना सहित चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षित र भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

भर्चुअल माध्यमद्वारा आइतबा। उनले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार, झै झगडा, जुवा तास जन्य गतिविधिलाई नियन्त्रण गर्नको लागी कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

चाडपर्वको समयमा लाग्ने मेला पर्व, बैङ्क तथा बित्तिय संस्था, सुन चाँदी पसलहरुमा प्रहरीको निगरानी बढाउन तथा सरोकारवाला निकाय संगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न, यात्रुहरुको आवागमनलाई थप सहजता बनाई दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत उनले निर्देशन दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कार्तिक २, २०८२, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर