विराटनगरमा अत्याधुनिक ‘‘लेभर्स फिटनेस’ सञ्चालनमा

विराटनगर । स्वास्थ्यप्रति सचेत विराटनगरबासीका लागि अत्याधुनिक उपकरणसहितको नयाँ फिटनेस सेन्टर सञ्चालनमा आएको छ । विराटनगर–२, तिनपैनी चोकमा करिब ५० लाख रुपैयाँको लगानीमा ‘लेभर्स फिटनेस’ नामक अत्याधुनिक व्यायामशाला शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो ।

विराटनगरका प्रतिष्ठित उद्योगी तथा समाजसेवी मनोज चौहानले उक्त फिटनेस सेन्टरको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौहानले स्वस्थ र निरोगी जीवनका लागि व्यायाम अपरिहार्य रहेको बताए । ‘आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा शारीरिक र मानसिक स्वास्थ्य कायम राख्नु ठूलो चुनौती बनेको छ । यस्तो अवस्थामा स्वस्थ रहनका लागि नियमित व्यायामको विकल्प छैन ,’ उनले भने । आधुनिक उपकरण र दक्ष प्रशिक्षकसहित सञ्चालनमा आएको लेभर्स फिटनेसले नगरबासीको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । ‘बलियो शरीरले मात्र बलियो सोच र सकारात्मक ऊर्जा प्रदान गर्दछ । जब नागरिक स्वस्थ हुन्छन्, तब मात्र समाज र राष्ट्र पनि स्वस्थ र समृद्ध बन्छ,’ उनले भने ।

फिटनेस सेन्टरका सञ्चालक अभिषेक मण्डलका अनुसार, यहाँ शारीरिक सुगठन र तन्दुरुस्तीका लागि आवश्यक पर्ने सबै प्रकारका आधुनिक र अन्तर्राष्ट्रिय स्तरका उपकरणहरु जडान गरिएको छ । व्यायाम गर्न आउने सदस्यहरुको सुविधालाई ध्यानमा राख्दै आरामदायक र फराकिलो स्थानको व्यवस्था गरिएको उनले जानकारी दिए ।

‘हामीले फिटनेस सेन्टरमा व्यायामका लागि आवश्यक पर्ने ट्रेडमिल, क्रस–ट्रेनर, स्मिथ मेसिन, केबल क्रसओभर, डम्बल्स, बारबेल्स लगायतका सबै आधुनिक उपकरणहरुको व्यवस्था गरेका छौं,’ सञ्चालक मण्डलले भने, ‘सदस्यहरुलाई सही तरिकाले व्यायाम गराउन र उनीहरुको स्वास्थ्य लक्ष्य हासिल गर्न मद्दत गर्नका लागि हामीसँग अनुभवी र दक्ष प्रशिक्षकहरुको टोली पनि छ ।’

लेभर्स फिटनेस बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । जसले गर्दा विभिन्न समयमा फुर्सद हुने व्यक्तिहरुलाई समेत व्यायाम गर्न सहज हुनेछ । फिटनेस सेन्टरमा भर्नाका लागि ५ सय रुपैयाँ र मासिक शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यहाँ महिला तथा पुरुष दुवैका लागि छुट्टाछुट्टै व्यायाम गर्ने व्यवस्था मिलाइएको छ ।

स्वस्थ जीवनशैली अपनाउने बढ्दो चाहनासँगै विराटनगरमा पछिल्लो समय फिटनेस सेन्टरहरु खुल्ने क्रम बढेको छ । अत्याधुनिक सुविधा र विशेषज्ञ प्रशिक्षकसहित सञ्चालनमा आएको लेभर्स फिटनेसले नगरबासीका लागि एक उत्कृष्ट विकल्प प्रदान गरेको संचालक मण्डलको भनाई छ ।

अशोज ३१, २०८२, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर