लोड हुँदैछ...

मेनु

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई डेंगु, न्यूरो अस्पतालमा भर्ना

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई डेंगु, न्यूरो अस्पतालमा भर्ना

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई डेंगु संक्रमण पुष्टि भएको छ। उच्च ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा डेंगु देखिएपछि उनलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

प्रदेशको स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री राई आफ्नो गृह जिल्ला खोटाङबाट बिहीबार दिउँसो विराटनगर फर्किएका थिए। विराटनगर आएलगत्तै उनलाई ज्वरो आएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा डेंगु संक्रमण भएको पुष्टि भएको मन्त्री राईको सचिवालयले जनाएको छ।

डेंगु पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका हुन्। अस्पतालका चिकित्सकहरूले मन्त्री राईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन्।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Suman Pokhrel
October 17, 2025 8:51 PM

Get well soon, मंत्री त neuro hospital मा, गरिब जनता कहा जान्छ माहाशाय!! 3-4 अरब Budget मत्रै सक्नेहो सरकारी स्पतालले…..

प्रतिक्रियाहरू बन्द छन्।