देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापति जिम्मेवारी

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएको घोषणा गरेका छन् ।

जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापति दिएको घोषणा गरेका हुन् ।

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले भने ।
आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

अशोज २८, २०८२, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर