काँग्रेसमा विशेष महाधिवेशन माग्दै झापाका ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

विराटनगर । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाइमा पार्टीको विषेश महाधिवेशन माग गर्दै चलाइएको अभियानमा झापाका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

झापा कांग्रेसको संस्थापन पक्षले ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको बताएकोमा महामन्त्री निकटले भने ५१ प्रतिशतको हस्तक्षर भइसकेको दावी गरेका हुन् ।

हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिको संख्यासहितको नामावलीले बहुमत महाधिवेशन प्रतिनिधि विषेश महाधिवेशनको पक्षमा उभिएको देखिएको छ । हस्ताक्षर नगर्ने पक्ष समयको सही मूल्यांकन गर्न नसकेको, विषम परिस्थितिमा हस्ताक्षरको अभियान चलाएको आरोप लगाएको छ । हस्ताक्षर गर्ने पक्षले भने संस्थापन समूहलाई रुपान्तरण विरोधी, पुरानै नेतृत्वको पक्षधर र यथास्थितिवादीको संगीन आरोप लगाएको छ ।

कांग्रेसको विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन भएको नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटीले बताएकी छन् । सो प्रावधान अनुसार पाँच निर्वाचन क्षेत्र रहेको झापामा १२५ महाधिवेशन प्रतिनिधि छन् । पाँच क्षेत्रीय सभापतिले पनि प्रतिनिधिको अधिकार राख्छन् ।

झापाबाट पार्टीको केन्द्रीय पदाधिकारी महामन्त्री विश्वप्रकाश शर्मा छन् । शर्मासहित पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईं, सदस्य गोमा भट्टराई, सुशीला ढकाल आचार्य र महिन्द्रा सुब्बा लिम्बू पनि महाधिवेशन प्रतिनिधि हुन् ।

प्रदेशसभाका सदस्य गोपाल तामाङ केन्द्रबाट महाधिवेशन प्रतिनिधि मनोनित भएका हुन् भने क्षेत्रीय प्रतिनिधि शेरबहादुर थापाले स्थानीय तह निर्वाचनको समयमा पार्टी परित्याग गरिसकेका छन् । यसैबीच हस्ताक्षर गरेका झापा ३ का महाधिवेशन प्रतिनिधि सुरजभक्त परियारले भने हस्ताक्षर फिर्ता लिएको बताइएको छ । नेता कृष्णप्रसाद सिटौलाको दबाबमा उनले हस्ताक्षर फिर्ता लिएको बताइएको छ ।

झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले ५१ प्रतिशतभन्दा धेरैले हस्ताक्षर गरेको दावी गरेका छन् । ३० प्रतिशत मात्रै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे भन्ने कुरा झुट रहेको उनको भनाइ छ । कांग्रेस झापाको जिल्ला पदाधिकारी तहबाटै चलाइएको हल्लाको भ्रममा नवर्न उनले कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति बुढाथोकीले विदेश भ्रमणमा रहेका महाधिवेशन प्रतिनिधि विमल आचार्यले विदेशबाटै र व्यवसायिक सिलसिलामा काठमाडौँमा रहेका धर्मराज भण्डारीले काठमाडौँबाटै हस्ताक्षर गरेको बताए ।

झापा १ मा आफूसहित २२ जनाको हस्ताक्षर केन्द्रमा पठाइएको बुढाथोकीले जानकारी दिए । जिल्लाका पाँच क्षेत्रीय सभापतिमध्ये बुढाथोकी र निर्वाचन क्षेत्र ५ सभापति ढुण्डीराज भण्डारीले रुपान्तरणको पक्षमा हस्ताक्षर गरेका छन् । झापा ५ का २६ मध्ये क्षेत्रीय सभापति भण्डारीसहित २१ ले हस्ताक्षर गरेको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।

सबैभन्दा थोरै झापा ३ त्यसपछि २ र ४ का क्षेत्रीय प्रतिनिधिले हस्ताक्षर गरेका छन् । पार्टीका जिल्ला पदाधिकारी कसैले पनि हस्ताक्षर गरेका छैनन् । झापा १ का ५ जना र ५ का ६ जना प्रतिनिधिबाहेकक सबैले हस्ताक्षर गरेका छन् ।

झापा १ कांग्रेस महामन्त्री शर्मा २०७९ मा निर्वाचनमा संघीय सांसद निर्वाचित भएको निर्वाचन क्षेत्र हो । यो क्ष्रेत्रका दुबै प्रदेश निर्वाचन क्षेत्रका कांग्रेस पार्टी सभापतिद्वय हरि बुढाथोकी र सन्तोष न्यौपानेले हस्ताक्षरप्रति ऐक्यबद्धता र समर्थन जनाएका छन् । कांग्रेस मेचीनगर सभापति सुवेश पनेरु सुदय र बुद्धशान्ति गाउँपालिका सभापति चक्र शेर्मा हस्ताक्षर गर्नेका पक्षमा उभिएका छन् । विषेश महाधिधवेशन माग गर्दै हस्ताक्षर गर्ने निम्न अनुसार रहेका छन्

क्षेत्र नम्बर १
इन्द्रबहादुर बुढाथोकी, राम कट्टेल, प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, असोककुमार पोखरेल, लोकराज ढकाल, पुष्पराज पौडेल, खड्गबहादुर धिमाल, कालु मेचे, दुर्गादेवी खतिवडा, चन्द्रकला भट्टराई, सुशीला रिजाल, शोभा श्रेष्ठ नेम्वाङ, डम्बरकुमारी थापामगर, टीका सुवेदी, धर्मराज घिमिरे, रोहितकुमार बुढाथोकी, पोषक दर्जी, गौतम मजुम्दार, विमल आचार्य र धर्मराज भण्डारी ।

क्षेत्र नम्बर २
टीकाप्रसाद प्रसाईं, उमा शिवाकोटी, दीपेन्द्र ढकाल, भूमा घिमिरे, अनोज खड्का, पुण्यप्रसाद ओझा, रमेशकुमार भुजेल र लीलादेवी कटुवाल ।

क्ष्रेत्र नम्बर ३
कृष्णप्रसाद प्रसाईं, बडाराम हेमरम, मनोज सुब्बा, शीला तामाङ, तारादेवी बाह्रकोटी र डम्बरसिंह सिंगु ।

क्षेत्र नम्बर ४
उत्तमबहादुर चौँलागाईं, सीताराम भट्टराई, उत्तम सुवेदी, उजाल अली, भीम राजवंशी, कविता बस्नेत, शान्ता बस्नेत, खड्गबहादुर कार्की, निता सिटौला, देवीकुमारी दाहाल र चन्द्रमणी नेपाल ।

क्षेत्र नम्बर ५
ढुण्डीराज भण्डारी, सुरेश सुब्बा, विश्वदीप लिङ्देन, मेदेनीप्रसाद सिटौला, चन्द्रा खड्का, भूमिराज राई, हुकुमसिंह राई, निरज अग्रवाल, अइन्द्रविक्रम केरुङ, राजनबहादुर ढुंगाना, हेमन्त कार्की, अनिलकृष्ण प्रसाईं, रोहितकुमार साह, भूपालराज कटुवाल, लक्ष्मी बाह्रकोटी प्रसाईं, डा. नेत्र बुढाथोकी, अमर बराइली, टीकाराज सापकोटा, सत्यनारायण चौधरी, रमा लिम्बु र मन्दरादेवी चिमरिया पौडेल ।

अशोज २६, २०८२, बिहानको ११:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर