लोड हुँदैछ...

मेनु

राष्ट्रपतिको आह्वानमा सरकार र दलहरुबीचको बैठक बस्दै

राष्ट्रपतिको आह्वानमा सरकार र दलहरुबीचको बैठक बस्दै

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग आगामी निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

राष्ट्रपतिले निर्वाचनको वातावरण बनाउन राजनीतिक संवादको पहल लिन सरकारलाई सुझाब दिँदै आएका थिए । तर, जेनजी आन्दोलनको अगुव दावी गर्ने अराजक समूहको दबाबमा रहेको सरकारले त्यो काम अगाडि नबढाएपछि राष्ट्रपतिले नै छलफलको आह्वान गरेका हुन् ।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नेगरि शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्कीसहित केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए । त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकोले राष्ट्रपतिले आजको छलफल राखेको बताइएको छ । राष्ट्रपति कार्यालयले सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ।

छलफलमा दलहरूको दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ । जेनजीको आन्दोलन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राष्ट्रपतिको आह्वानमा सरकार र दलहरुबीचको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।