मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पंक्तिलाई माओवादीको निर्देशन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार जारी गरेको परिपत्रमा आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्याबधिक प्रक्रियामा सहभागी हुन भनिएको हो ।

आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न माओवादीले निर्देशन िदएको छ । परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।’

अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खानेगरी सञ्चालन गर्न भनिएको छ । पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारसँग पनि जोडेर हेरेको बताएको छ ।

जेनजी आन्दोलनको बलमा केपी ओली नेतृत्वको सरकार अपदस्त भएर शुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । माओवादी केन्द्रले निर्वाचनमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

अशोज २२, २०८२, साँझको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर