विराटनगर । यहि असोज ३० निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।
दलहरूसँग छलफल गर्ने असोज ३० का लागि तयारी भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो ।