हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’मा को –को छन् पदाधिकारी ?

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना गर्न लागेको ‘श्रम संस्कृति पार्टी’को नेतृत्व तहमा रहने पदाधिकारीहरूको टुङ्गो लागेको छ । साम्पाङ आफैँ अध्यक्ष रहने गरी प्रस्ताव गरिएको यस दलमा ५ सदस्यीय पदाधिकारी रहने गरी निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

आफ्नो श्रमदानको अभियानलाई राजनीतिक उचाइ दिने उद्देश्यले साम्पाङले दशैँअघि नै, असोज ७ गते, निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाएका थिए । उनको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरिएको छ ।

निर्वाचन आयोगको उच्च स्रोतका अनुसार, साम्पाङको ‘श्रम संस्कृति पार्टी’को केन्द्रीय नेतृत्वमा निम्न व्यक्तिहरू रहनेछन् :

अध्यक्ष : हर्क साम्पाङ
उपाध्यक्ष : राजकुमार तामाङ लामा (देवराज)
महासचिव : आरेन राई
कोषाध्यक्ष समिता राई
प्रवक्ता : अरुण गुरुङ

यस ५ सदस्यीय पदाधिकारीका साथै २३ सदस्यीय केन्द्रीय समिति रहने गरी दलको संरचना प्रस्ताव गरिएको छ ।

अशोज २१, २०८२, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर