हर्क साम्पाङको दलको प्रस्तावित चुनाव चिन्ह माटोको ढिस्को

विराटनगर । सामाजिक अभियान र श्रमदानका माध्यमबाट धरानमा चर्चामा आएका मेयर हर्कराज राई (साम्पाङ) ‘श्रम संस्कृति पार्टी’ को नाममा नयाँ दल दर्ता गर्न असोज ७ गते निर्वाचन आयोगमा निवेदन दिएको आयोगका अधिकारीहरूले पुष्टि गरेका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, हर्कराज राईलाई अध्यक्षको रूपमा प्रस्तुत गर्दै दल दर्ताका लागि निवेदन परेको र हाल कागजात जाँचबुझको प्रक्रियामा रहेको छ।

मेयर निर्वाचित भएपछि उनले धरानमा खानेपानीको चरम समस्या समाधानका लागि श्रमदानमा आधारित अभियानको नेतृत्व गरेका थिए। यही अभियानका क्रममा उनी आफैं श्रमदानमा उत्रिएर जनतालाई सँगै काम गर्न प्रेरित गरेका थिए , ‘माटोको ढिस्को’ लाई चुनाव चिन्हको रूपमा प्रस्ताव गर्नुले श्रम, धरातलीय यथार्थ र आफ्नोपनसँग जोडिनुपर्छ भन्ने सन्देश दिने प्रयासको रूपमा हेरिएको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर जितेर साम्पाङले स्थापित राजनीतिक दलहरूलाई ठूलो चुनौती दिएका थिए। खानेपानी जस्तो आधारभूत मुद्दालाई श्रमदानमार्फत समाधान गर्न सकिन्छ भनेर देखाएका उनी पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रियता, सीप र श्रमका विषयमा निरन्तर आफ्ना विचारहरू राखिरहेका छन्।

अशोज १२, २०८२, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर