विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्तालागि निवेदन दिएका छन् । उनले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि उनले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । सोही चुनावलाई लक्षित गरी उनले पार्टी दर्ता गर्न लागेका हुन् । उनको निवेदनमाथि रुजुको प्रक्रियामा रहेको आयोग स्रोतले जनाएको छ ।