अर्थमन्त्रीले भेटे घाइते सान्तनु ढकाललाई : उपचारमा समस्या नभएको परिवारको भनाइ

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाइते भएका मोरङका सान्तनु ढकाललाई अस्पतालमा नै पुगेर भेटेका छन्।

भदौ २३ गते सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मोरङ, बुढीगंगा–७ का ढकालको हाल विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

मन्त्री खनालले मंगलबार दिउँसो अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री खनालले घाइतेको स्वास्थ्य अवस्था र उ उपचारबारे जानकारी लिएका थिए ।

घाइते सान्तनुका बुबा महेश ढकालले छोराको उपचारमा कुनै समस्या नभएको बताए । सामाजिक सञ्जालमा उपचारमा समस्या भएको भन्दै फैलिएको हल्लामा सत्यता नभएको बताउँदै उनले अस्पतालले सम्पूर्ण उपचार निःशुल्क गरिरहेको जानकारी दिएका थिए ।

‘छोराको शल्यक्रिया, औषधि तथा सम्पूर्ण उपचार खर्च विराट मेडिकल कलेजले निःशुल्क उपलब्ध गराएको छ,’ उनले भने । घाइतेका परिवारले सान्तनुको नाममा कसैलाई पनि आर्थिक संकलन नगर्न आग्रह गरेको छ । उनको अवस्थालाई देखाएर सहानुभूतिको व्यापार नगर्न आग्रह गर्दै बुबा महेशले भने, ‘कृपया, मेरो छोराको नाममा कसैले पनि पैसा नउठाइदिनु होला। हामीलाई उपचारका लागि कुनै आर्थिक सहयोग आवश्यक छैन ।’

अशोज ८, २०८२, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर