विराटनगर । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नाम मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवाद उत्पान्न भएको छ । विवादित पृष्ठभूमि सार्वजनिक भएपछि बालुवाटारले उनको नियुक्ति होल्ड गर्न भन्दै शीतलनिवासलाई आग्रह गरेको छ ।
शीतल निवास स्रोतका अनुसार आइतबार स्वास्थ्यमन्त्री सिफारिस भएको केही समयमै बालुवाटारले फोन गरेर उनको नाममा निर्णय नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको थियो ।
५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो ।
मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उनीमाथि प्रश्न रहेको पाइएपछि विवाद हुने बुझाइ बालुवाटारको रहेको छ ।
सोही कारण उनको मन्त्री पदको शपथ हुने कि नहुने भन्ने मै अन्योल रहेको शीतल निवास स्रोतको भनाइ छ