जेनजी आन्दोलनले नयाँ सन्देश दिएको छ : मण्डल

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जेनजी युवाहरुले गरेको क्रान्तिले देशमा नयाँ सन्देश दिएको बताएका छन् । शुक्रबार बक्तव्य जारी गर्दै उनले भ्रष्टाचार र कुशासन मुक्त समाज निर्माण गर्ने सन्देश दिएको बताएका हुन् ।

जेनजी युवाहरूले कुशासन र भ्रष्टाचार विरुद्धमा सुरु गरेको आन्दोलन सफल भएको बताउँदै उनले यसलाई सार्थक निष्कर्षमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।

जेनजी युवाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले भनेका छन्,‘किनकि म स्वयं भ्रष्टाचारविरुद्ध स्वतन्त्र रुपमा राजनीतिमा होमिएको अभियानकर्ता हुँ ।’  

राजनीतिमा युवाहरुको हस्तक्षेपले राष्ट्र निर्माणका लागि सम्भावनाको ढोका खोलेको उनको भनाइ छ । ‘युवाहरू देशका आधारस्तम्भ हुन् र उनीहरूको ऊर्जा, विवेक र क्षमताले राष्ट्र  निर्माणको मार्ग प्रशस्त गर्छ,’ उनले भनेका छन्,‘ जेनजी युवाहरुको क्रान्तिले दिएको सन्देशलाई आत्मसात गर्दै युवाहरूको नेतृत्वमा नेपालको सुन्दर भविष्य निर्माणका लागि एकआपसमा हातेमालो गर्दै अघि बढ्न् अनुरोध गर्दछु ।’

उनले  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारमा समवेदना र घाइतेहरुप्रति सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  आन्दोलनका क्रममा देशका ऐतिहासिक तथा राष्ट्रिय सम्पदाहरु नष्ट भएको प्रति दुःख व्यक्त गरेका छन् ।

भदौ २७, २०८२, रातीको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर