विराटनगर । संविधान भित्रबाटै जारी राजनीतिक संकटको समाधान खोज्नुपर्ने माग गर्दै आज विराटनगरमा मौन प्रदर्शन गरेका छन् । विराटनगरको मोरङ जिल्ला बार एशोसिएसनमा भेला भएर कानुन व्यवसायी, पत्रकार र पेशाकर्मीहरुले प्रदर्शन गरेका हुन् ।
हातमा सेभ द नेसन, सेभ द कन्स्टिच्युसन भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर मौन प्रर्दशन गरेका हुन् । नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघलगायत शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडलाई अहिले सक्रिय पारिएको छ । जनअधिकार रक्षा गर्न विगतमा जस्तै अहिले पनि पापड अन्तरगत पेशाकर्मीहरु क्रियाशील बनेका छन् ।
