पूर्वाञ्चलन विश्वविद्यालयले यसै वर्षबाट एमबिबिएस पढाउने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबिबिएस अध्यापन गराउने तयारी गरेको छ । मोरङको सुन्दरहरैँचा गोठगाउँमा मेडिकल कलेज सञ्चालन हुने भएपछि स्थानीय उत्साहित भएका छन् । मेडिकल कलेज सञ्चालनमा आएपछि व्यापार व्यवसायको नयाँ सम्भावना खुल्ने र घर भाडामा लाग्ने तथा अन्य आर्थिक गतिविधिहरु बढ्ने सम्भावना देखिएपछि उनीहरु उत्साहित बनेका हुन् । मेडिकल कलेज सञ्चालन गर्ने पटक पटकको तयारी सफल नभइरहेको बेलामा विश्वविद्यालयले दुई वर्षअघिबाट पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिँदै आएको थियो ।

पूूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन शैलेशमणि पोख्रेलले ५० वटा कोटामध्ये ७५ प्रतिशत पूूर्ण सरकारी छात्रवृत्तिमा अध्यापन गराइने जानकारी दिए । सरकारले नै कोटाको ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित गरेको छ । बाँकी २५ प्रतिशत विद्यार्थीले पैसा तिरेर पढ्ने छन् । विश्वविद्यालयले चिकित्साशास्त्र अन्तर्गत एमबिबिएस पढाउन सम्पूर्ण पूूर्वाधार तयार गरिसकेको छ । विश्वविद्यालयले आफ्नै स्रोतले आन्तरिक व्यवस्थापन गरिरहेको डिन पोख्रेलले जानकारी दिए । उनका अनुसार हाल विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तर्गत फार्मेसी, पब्लिक हेल्थ मास्टर्स र बिएस, बिएन, बिपिएच, बी फार्मेसी र बिएमएलटी अध्ययन भइरहेको छ ।

विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनको प्रमुुख पूर्वाधार मानिने तीन सय शय्याको अस्पताल सुरु गरिसकेको छ । विद्यार्थीले दुई वर्ष नियमित अध्ययन गरेपछि तेस्रो वर्षदेखि विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा प्रयोगात्मक अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।८०५ बिघामा बनेका विश्वविद्यालयका भवन अब पूर्ण रूपमा सञ्चालनमा आउनेमा स्थानीय आशावादी छन् । पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा ३० करोड रुपियाँँ लगानी गरी निर्माण गरेका भवन २१ वर्षपछि पूर्ण रूपमा प्रयोगमा आउने स्थानीयको भनाइ छ । गोेठगाउँमा प्रशासनिक भवन, अस्पताल भवन, अस्पतालको आकस्मिक कक्ष, ओपिडी भवन, कलेज, दुई वटा छात्रावास, शिक्षक आवास भवन, एउटा अतिथि गृहलगायतका भवन भरिभराउ हुने अपेक्षा गरिएको छ 

फर्कियो खुसी

जग्गा व्यापारीले विश्वविद्यालय आउने सपना देखाएर वरिपरिको सयौँ बिघा जमिन कित्ताकाट गर्दै बिव्रmी गरेका थिए  । विश्वविद्यालय वरपर जग्गा किन्नेले ठुलो रकम खर्चेर घर बनाए तर उनीहरूले अस्पताल र मेडिकल कलेज आउँछ भनेर माया मारिसकेका थिए । दुई वर्षअघि विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सुरु गर्दा थोरै खुसी भएका स्थानीय अहिले एमबिबिएस पढाइ हुने सूचना पाएपछि अझ हर्षित भएका छन् । स्थानीय गुरुप्रसाद अधिकारीले भने, “विश्वविद्यालयले शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लोभमा धनकुटाबाट १६ वर्षअघि बसाइँ सरी आएँ । मेडिकल कलेज र अस्पताल सञ्चालन भएपछि व्यापार विस्तार होला । अनि तरकारी, दुधलगायतका दैनिक उत्पादन तथा बिव्रmी बढ्ला सोचेको थिएँ । कुर्दा कुर्दा बल्ल अस्पताल र मेडिकल कलेज दुवै सञ्चालन हुने भए ।”

स्थापनाकालमा विश्वविद्यालयको पूर्वाधार निर्माण भएको थिएन । त्यसैले मुख्य कार्यालय विराटनगरमा बस्यो । विराटनगरमा बसेको मुख्य कार्यालय गोठगाउँमा ल्याउन १४ वर्ष लाग्यो ।

भदौ १, २०८२, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर