विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी तथा विराटनगर–१४ निवासी ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी ६३ वर्षीया आमा शुभो राजवंशीको आइतबार बिहान ४ बजे विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार, शुभो राजवंशी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन्। उनको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। निधनको खबरपछि विराटनगर –१४ स्थित उनको घरमा परिवारका सदस्य, आफन्त तथा छिमेकीहरूको उपस्थिति रहेको छ।

मृतक शुभो राजवंशीका तीन छोरा र एक छोरी छन्, जसमध्ये ललित कान्छा छोरा हुन्।