विराटनगरमा इस्टर्न कलेज अफ इन्जिनियरिङ : २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा

विराटनगर । विराटनगरमा अवस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको छ ।

कलेजका प्रिन्सिपल ई. अमित सुरनाका अनुसार हाल कलेजमा चारवटा प्रमुख डिप्लोमा कार्यक्रम सञ्चालनमा छन् ।
तीमध्ये कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङका डिप्लोमा कार्यक्रम समावेश छन् । कलेजले स्नातक तहको इन्जिनियरिङ कार्यक्रम पनि लामो समयदेखि सञ्चालन गर्दै आएको छ । अनुभवी तथा दक्ष प्राध्यापकहरूको टोलीले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई व्यवहारिक तथा गुणस्तरिय शिक्षा उपलब्ध गराउँदै आएको प्रिन्सिपल सुरनाले जानकारी दिए । उनका अनुसार डिप्लोमा र स्नातक तहका सबै कार्यक्रमका लागि आवश्यक पर्ने विषयगत प्रयोगशाला (ल्याब) पूर्णरूपमा संचालनमा छन् ।

रियल फिल्डमा आवश्यक पर्ने सम्पूर्ण सफ्टवेयरको तालिम (ट्रेनिङ) पनि कलेजमै दिइने व्यवस्था गरिएको छ । विद्यार्थीको शैक्षिक दक्षता वृद्धि गर्न समय समयमा शैक्षिक भ्रमण, औद्योगिक अवलोकन, सेमिनार, प्रेजेन्टेसन र टेक्निकल वर्कसपहरू आयोजना गरिँदै आएको छ । प्रिन्सिपल सुरनाले भने, ‘हामी व्यवहारिक ज्ञान र प्रविधि अभिमुख शिक्षा मार्फत विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धामा सक्षम बनाउन निरन्तर प्रयत्नशील छौं ।’

उनका अनुसार, इस्टर्न कलेजबाट स्नातक तह पूरा गरेका धेरै विद्यार्थीहरू देश र विदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा रोजगारी पाउँदै आएका छन् । केही विद्यार्थीहरूले आफ्नो स्वयम् फर्म स्थापना गरेर रोजगार सिर्जना गरिरहेका छन् । कलेजको उत्कृष्ट पूर्वाधार, शैक्षिक वातावरण र अनुशासनका कारण यहाँका विद्यार्थीहरू थप आत्मविश्वासी र कुशल बन्न सफल भएको उनले बताए ।

कलेजको क्याम्पस वातावरण शान्त, सुरक्षित र अनुशासित रहेको छ । फराकिलो खेलमैदान, अत्याधुनिक उपकरणसहितका कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइब्रेरी र अन्य सहुलियतहरू यस कलेजको विशेषता मानिन्छ । पठनपाठनसँगै विद्यार्थीको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापहरूमा पनि कलेजले विशेष ध्यान दिँदै आएको छ ।
कलेजले समय समयमा विभिन्न विधामा प्रविधि सम्बन्धी सेमिनार, गोष्ठी र वर्कसपको आयोजना गर्दै आएको छ । यसका साथै विद्यार्थीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्न आवश्यक परियोजना कार्य, प्रस्तुति तथा प्रतियोगिताहरू नियमितरूपमा सञ्चालन गरिन्छ ।

‘हामी प्रविधिक शिक्षालाई केवल सैद्धान्तिक रूपमा सीमित राख्दैनौं । प्रयोगात्मक सिकाइ र वास्तविक क्षेत्रको अनुभव प्रदान गर्नु हाम्रो प्राथमिकता हो । यही कारणले इस्टर्न कलेजबाट स्नातक भएका विद्यार्थीहरू उद्योग, निर्माण, सूचना प्रविधि तथा अन्य क्षेत्रमा आत्मनिर्भर बन्न सकिरहेका छन्,’ प्रिन्सिपल सुरनाले भने ।
शैक्षिक गुणस्तर, पूर्वाधार र अनुभवी प्राध्यापकहरूको संयोजनका कारण इस्टर्न कलेज अफ इन्जिनियरिङ आज पूर्वाञ्चल क्षेत्रको एक प्रतिष्ठित शिक्षण संस्थाका रूपमा स्थापित भएको छ ।

साउन ११, २०८२, दिउँसोको ०१:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर