मेलम्चीमा मण्डलीद्वारा आयोजित वातावरण सरसफाई अभियान सम्पन्न

विराटनगर । मेलम्चीको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्व वातावरण दिवसको अवसर पारेर मेलम्चीमा बृहत् सरसफाई अभियान सम्पन्न गरेको छ। यस अभियानमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने ’र नदी तट सरसफाई जस्ता महत्वपूर्ण कार्यक्रमहरू समावेश गरिएको थियो ।

बिहिबार आयोजित सरसफाई कार्यक्रममा २०० भन्दा बढी स्वयंसेवकहरूको सहभागिता रहेको थियो। यस कार्यक्रममा थलि, गोठाटार, जोरपाटी, दक्षिणडोका, गोकर्ण र नयाँ बजार लगायतका क्षेत्रका मण्डलीका सदस्यहरू तथा स्थानीय प्रशासनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सरसफाई अभियानमा बजार क्षेत्र, सडक र नदी तटमा रहेका करिब २०० बोरा भन्दा बढी प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।

कार्यक्रममा परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियानलाई स्वयंसेवकहरूलाई प्रोत्साहन दिँदै, ‘वातावरण स्वच्छ रहे हामी रहन्छौं’भन्ने सन्देश दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका अध्यक्ष आइतमान तामाङले परमेश्वरको मण्डलीले समाजमा पुर्‍याएको विभिन्न योगदानहरू, विशेषगरी २०७२ को महाभूकम्पमा गरेको स्वयंसेवा, नदी तथा टोल सरसफाई, विद्यालय पुनर्स्थापना र रक्तदान जस्ता कार्यक्रमहरूको प्रशंसा गर्दै यस्ता कार्यहरू ूउत्कृष्ट र हामी सबैले अनुशरण गर्नुपर्नेू कार्य रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद कृष्ण कुमार तामाङ र नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र गोर्खालीले पनि उपस्थिति जनाउँदै कार्यक्रमको समर्थन गरेका थिए। कार्यक्रमको संयोजन बुद्धि चौलागाईंले गरेका थिए ।

परमेश्वरको मण्डलीले ‘छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नु’भन्ने ख्रीष्टको शिक्षा अनुसार विभिन्न समाजसेवी कार्यहरू गर्दै आएको छ। गत महिनाको ११ तारिखमा नुवाकोटको दुपचेश्वरको श्री कौकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा १० वटा कम्प्युटर सेट वितरण गरिएको थियो।

यसैगरी, मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवक समूह ूआशिषूले ललितपुरमा अवस्थित वृद्धाश्रमको भ्रमण गरी जेष्ठ नागरिकहरूलाई रात्री भोजन प्रदान गरेको थियो। मण्डलीका सदस्यहरूले काठमाडौंको मित्र पार्क, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय, स्मृति उच्च माध्यमिक विद्यालय र पृथ्वीनारायण क्याम्पस लगायत देशका विभिन्न स्थानहरूमा वातावरण सरसफाई कार्यक्रमहरू सञ्चालन गरेका छन्।

सन् २०१५ को विनाशकारी भूकम्पमा परमेश्वरको मण्डलीले गरेको निस्वार्थ उद्धार कार्यको पनि उल्लेख गरिएको थियो। पराकम्पको जोखिममा पनि करिब १५,००० सन्तहरूले ७१० क्षेत्रहरूमा मर्मत सम्भार र घाइते उद्धार कार्यमा सहभागी भएका थिए। भूकम्प पीडितहरूलाई आकस्मिक उद्धार सामग्री र अनुदान प्रदान गर्नुका साथै सेर्तुंग र तिप्लिङ जस्ता दुर्गम गाउँहरूमा हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न सामग्री वितरण गरिएको थियो।

भूकम्पपछि सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुननिर्माण गरेर मण्डलीले शैक्षिक क्षेत्रमा पनि योगदान पुर्‍याएको थियो।

यस्ता समर्पणयुक्त स्वयंसेवाहरूको कदरस्वरूप बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत विभिन्न विद्यालय र संस्थाहरूबाट परमेश्वरको मण्डलीलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो।

शुक्रबार, ०३ जेठ, २०८२, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर