लोड हुँदैछ...

मेनु

गभर्नर चाँडै नियुक्त हुन्छन् गृहमन्त्री

गभर्नर चाँडै नियुक्त हुन्छन् गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले नयाँ गभर्नर चाँडै नियुक्त हुने बताएका हुन् ।

तर, कुन मितिमा नियुक्ति हुने भन्ने प्रश्नको उनले ठोस जवाफ दिएनन् ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको स्थायित्वबारे पनि स्पष्ट पारे । ‘एमाले र कांग्रेसबीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ,’ उनले भने ।

लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको उनले बताए । ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो र यसले जनतालाई आशा दिइरहेको छ,’ उनले भने ।

गृहमन्त्रीले राजावादीका गतिविधिबारे कडा चेतावनी दिए । ‘संविधान र वर्तमान व्यवस्थाविरुद्ध कुनै पनि गतिविधि सह्य हुँदैन,’ उनले भने, ‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौँ ।’

उनले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न दिएको त्याग र बलिदान गरेकाले यो व्यवस्था परिवर्तन नहुने बताए । ‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौँ,’उनले भने अब देश फेरी निरंकुशतातिर लान लागि जनताले पनि चाहादैन्न । ’

गृहमन्त्री लेखले यो सरकारले १० महिनामा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै, आर्थिक सूचकांकहरू हेर्न र अर्थतन्त्र तथा कानूनी क्षेत्रमा भएका प्रगतिहरूलाई मूल्यांकन गर्न आग्रह गरे । केपी ओली नेतृत्को सरकार भोली १० महिना पुग्दै छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।