विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन ।विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन ।अध्यक्ष थापालाई आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराए ।

विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई ,उपकुलपति डा सुवासश्री पोखरेल , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , रजिष्टार डा दिलनाथ फुँयाल र डिन प्राडा प्रचण्डमान प्रधान लगातको उपस्थिती थियो । मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङग,कानुन , औषधी विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुदैआएको छ ।

विश्वविद्यालयको आफनै सेवा आयोग , परिक्षा कार्यालय ,अनुसन्धान केन्द , लाईब्रेरी , विभिन्न ल्यावहरु सहित तीन वटा स्कुलहरु सञ्चालनमा रहेका छन ।