एकदिवसीय क्रिकेट लिग हुने


विराटनगर ।
मनमोहन मेमोरियल कप फाउण्डेसनको आयोजनामा विराटनगरमा ‘मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट लिग–२०८२’ हुने भएको छ ।

वैशाख १३ गतेदेखि २० गतेसम्म ५० ओभरको फम्र्याटमा खेलाइने सो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषदको नियमअनुसार सञ्चालन गरिनेछ ।प्रतियोगितामा नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल क्लब, नेपाली सेना क्लब, बागमती प्रदेश, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम गरी जम्मा ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । फाउण्डेसनका अध्यक्ष बिप्लव घोषका अनुसार प्रतियोगिता लिगकम नकआउट फम्र्याटमा हुनेछ ।

सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष एक टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।विजेता टिमलाई ४ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई २ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही नगद १५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, प्रत्येक खेलको ’प्लेयर अफ द म्याच’ लाई ४ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष घोषले बताए ।

बुधबार, १० बैशाख, २०८२, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर