काठमाडौ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच हिंसा मच्चिएको हो । दुई समुदायबीच झडपको अवस्था उत्पन्न भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । हिंसा मच्चिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा हिंसा मच्चिएको हो ।
आक्रोशित भीडले स्थानीय पसल र केही मोटरसाइकलमा पनि आगजनी गरेको छ ।