विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर खडा गर्यो । सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारको उल्लेखनीय योगदान रह्यो । उनले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए ।
एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले । अन्तिम ओभरहरूमा विनय कुमारको विस्फोटक ब्याटिङले दर्शकहरूलाई उत्साहित तुल्यायो । उनले १६ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए ।
२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुप¥यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शन अगाडि बिहारका ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् र १३ ओभरमै पूरै टिम केवल ८५ रनमा अलआउट भयो ।
बिहारका आयुष सिंहले २२ बलमा २९ रन र यश राजले १६ बलमा १९ रन बनाए । अन्य कुनै पनि पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, जसकारण टिमले सम्मानजनक स्कोर बनाउने आशा समाप्त भयो ।
प्रेम कुमारको बलिङ चमत्कार
सुपोलका तीव्र गतिका बलर प्रेम कुमारले कसिलो बलिङ गेर । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।
प्रेमको घातक बलिङले बिहारका ब्याटरहरूलाई पूर्णरूपमा अस्तव्यस्त पा¥यो । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।
रतेश सिंहले पनि उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सुपोलको समग्र बलिङ टिमले उत्कृष्ट प्रदर्शन गरेको कारण, बिहारले आफ्नो इनिङ्स पूरा नगर्दै १३ ओभरमै सबै विकेट गुमायो ।
