इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्णियालाई हराउँदै सिराहाको जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । भारतको डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै सिराहा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
विराटनगर जुट मिल खेल मैदानमा आज भएको दोस्रो खेलमा पूर्णियाले दिएको १२६ रनको लक्ष्य सिराहाले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा ग¥यो । सिराहाको जितमा दिपेश पासको उत्कृष्ट ब्याटिङले महत्वपूर्ण भूमिका खेल्यो । उनले अविजित रहँदै केवल १८ बलमा ४४ रनको योगदान दिए । उनले २ छक्का र ६ चौका प्रहार गरे ।
सिराहाका ओपनर राकेश कामतले ३३ बलमा २१ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । विजय थक्राजले पनि अविजित १५ बलमा १६ रनको योगदान दिँदै टिमलाई जितसम्म पु¥याउन सहयोग गरे ।
पूर्णियाका बलरहरूमध्ये अमन अनिरले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चेर उत्कृष्ट बलिङ प्रदर्शन गरे । एमडीले भने १ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले १९.५ ओभरमा अलआउट हुँदै १२५ रनको योगफल बनायो । पूर्णियाका रिजक कुमारले सर्वाधिक १७ बलमा २४ रन बनाए भने शाकुलेनले २२ बलमा २० रनको योगदान दिए । तर अन्य ब्याट्सम्यानहरू राम्रो स्कोर बनाउन असफल भए ।
सिराहाका बलर फतेह सिद्धिकीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित गरियो । त्यसैगरी, चन्दन यादवले पनि उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

सोमबारको खेल भारतको बिहार क्रिकेट क्लब र फारबिजगन्चको मुन क्रिकेट क्लबबीच हुनेछ ।

आइतबार, २३ चैत, २०८१, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर