दमक । अमेरिकाबाट विभिन्न देश हुँदै अवैधरुपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार अन्दाजी २ बजेको समयमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी शिविरमा बसिरहेका तीन जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा ३६ वर्षीय आशिष सुबेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन्।
शुक्रवार उक्त शिविरमा आइपुगेका थिए। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई थप अनुसन्धान र कारबाहीका लागि अध्यागमन कार्यालय काकडभिट्टामा पठाइएको प्रहरीले जनाएको छ ।