टि–२० क्रिकेट प्रतियोगिता :इलाम र झापाको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो । इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए ।इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए ।यसअघि ब्याटिङ गरेको इलामले १९।दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । सिवान्श बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ ।

जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै खेलबाट बाहिरिएको छ ।टस जितरे ब्याटिङ गरेको झापाले निर्धारित २०ओभरमा ७ विकेट क्षतिमा ११७ रन बनाएको थियो । झापाको जितको लागि संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दिपु भुजेल र भुपेस गौतमलले समान २१–२१ रनको योगदान गरे । झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । शिरानले ४ ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए ।त्यसअघि सुनसरीले २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए ।झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट लिए भने संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए ।शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।

बिहिबार, १३ चैत, २०८१, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर